राजनीति


ओलीले जाजरकोटमा भने : एमालेका स्वयम्सेवकले भूकम्पपीडितका ८ सय घर बनाउँदा सरकार रमिते बनिरह्यो

ओलीले जाजरकोटमा भने : एमालेका स्वयम्सेवकले भूकम्पपीडितका ८ सय घर बनाउँदा सरकार रमिते बनिरह्यो

जाजरकोटकी एक बालिकासँग एमाले अध्यक्ष ‌ओली। तस्बिर : आशिष


नेपालखबर
मंसिर १९, २०८० मंगलबार १७:१७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पपछिको राहत र पुनर्निर्माण कार्य अघि नबढाएर सरकार रमिते बनेको आरोप लगाएका छन्।

मध्यपहाडी संकल्प यात्राका क्रममा सोमबार जाजरकोट पुगेका उनले पार्टीका स्वयम्सेवकहरूलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।

ओलीले कात्तिक १७ को भूकम्पपछि प्रभावितहरूका लागि एमालेका स्वयम्सेवकहरूले ८१५ घर टहर निर्माण गरिसकेको पनि खुलाए।

'एमालेले भूकम्प प्रभावितका लागि ८१५ घर टहरा निर्माण गर्दा सरकार के हेरेर बसेको छ?', उनले भने, 'सरकार हेलिकप्टर उडाउन मात्रै ब्यस्त भयो। सरकारले राहत खातामा राखेर बसेको छ, पीडितको पीडा देखेन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .