ad ad

राजनीति


आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार

फाइल तस्बिर : आम जनता पार्टीका अध्यक्ष प्रभु साह


नेपालखबर
मंसिर १०, २०८० आइतबार ७:५४, काठमाडौँ

आम जनता पार्टीको स्थायी समिति बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने भएको छ।

पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा  हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए। 

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको  आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए।

उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .