धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले सरकार निरकुंश बन्दै जाँदा सञ्चारका माध्यमहरू बन्द गर्दै गएको टिप्पणी गरेका छन्।
सोमबार मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। सो निर्णयपछि अहिले सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न तर्क प्रस्तुत भइरहेका छन्।
सत्तारुढ दलकै शीर्ष नेतादेखि अधिकांश सर्वसाधरणले सरकारको यो निर्णयप्रति आपत्ति जनाएका छन् भने कतिले निकै राम्रो काम भएको भन्दै प्रशंसा पनि गरेका छन्।
सो विषयमा आफ्नो धारणा व्यक्त गर्दै धरानका मेयर साम्पाङले केही समयपछि सामाजिक सञ्जाल फेसबुक पनि बन्द हुने बताएका छन्। फेसबुक बन्द भएपछि जनताले आफ्नो असन्तुष्टी नेतालाई पक्रेर, कुटेर, काटेर व्यक्त गर्ने उनको भनाइ छ।
‘सरकार निरंकुश बन्दै जाँदा संचारका माध्यमहधलाई बन्द गर्दै जान्छ! केही समयपश्चात फेसबुक बन्द हुनेछ, त्यसपछि जनताले आफ्नो असन्तुष्टी नेतालाई पक्रेर, कुटेर, काटेर व्यक्त गर्नेछन्! त्यो दिन कोही सुरक्षित रहने छैनन्!’
सम्बन्धित सामग्री:
Shares

प्रतिक्रिया