ad ad

राजनीति


भूकम्पपीडितका लागि नेसपाबाट १० लाख सहयोग सरकारलाई हस्तान्तरण

भूकम्पपीडितका लागि नेसपाबाट १० लाख सहयोग सरकारलाई हस्तान्तरण

भूकम्पपीडितको सहयोगका लागि १० लाखको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्दै नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई।


नेपालखबर
कात्तिक २७, २०८० सोमबार ११:२६, काठमाडौँ

जाजरकोट भूकम्पबाट पीडितहरूका लागि नेपाल समाजवादी पार्टी (नेसपा) ले आज (सोमबार) १० लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ। 

घोषणाअनुरूप अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा नेसपाका नेताहरू आज बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेर सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० लाखको चेक दिएका हुन्। 

भूकम्पपीडितको सहयाेगका लागि १० लाख चेक हस्तान्तरण गर्न बालुवाटार पुगेका नेसपा नेताहरु प्रधानमन्त्री प्रचण्डसँग।

यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराईले भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे। 

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाको मृत्यु भएको छ भने ४ सय जनाजति घाइते भएका छन्। हजाराैँ परिवार घरबासविहीन भएका छन्। 

भूकम्पपीडितका लागि विभिन्न राजनीतिक दल, संघसंस्था र व्यक्तिबाट सहयोग गर्ने क्रम जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .