ad ad

राजनीति


शीर्ष नेताले राजनीतिबाट बिदा लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न सक्दैन : थापा

शीर्ष नेताले राजनीतिबाट बिदा लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न सक्दैन : थापा

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार २२:६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले शीर्ष नेताहरूले सक्रिय राजनीतिबाट बिदा लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने टिप्पणी गरेका छन्। 

मंगलबार सिंहदबारमा बसेको सर्वदलीय बैठकपछि सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले शीर्ष नेताहरूले रयो व्यवस्थामा गर्न र दिनसक्ने सबै योगदान दिइसकेको बताएका छन्। 

‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू (शीर्ष नेता) ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ। इतिहासले सधैँ सम्झिने छ। तपाईंहरू फेरी भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्‍यो,’ उनले भनेका छन्, ‘मैले भन्दै आएको छु, फेरी भन्छु(ुतपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’

साथै, उनले यो व्यवस्थालाई बलियो बनाउन एकजुट भएर काम गरिदिन समेत शीर्ष नेताहरूलाई आग्रह गरेका छन्। 

‘यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् ।इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ, सम्मान गर्नेछ,’ उनले भनेका छन्, ‘र, गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन्। आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .