नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सानेपामा अनशनरत विद्यार्थीहरुलाई ऐक्यबद्धता जनाएका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा आमरण अनशनमा बसेका विद्यार्थीहरुसँग भेट गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले कांग्रेस नेतृत्वले नेविसंघको विधानविपरीत नेतृत्व चयन गरेकाले विद्यार्थीहरु आमरण अनशनमा बस्नु परेको बताए।
नेता कोइरालाले पार्टी नेतृत्वले नेविसंघको विधानविपरीत काम गरिरहेको बताए। उनले नेविसंघको विधानमा ३२ वर्ष माथिको व्यक्ति नेतृत्वमा नरहने व्यवस्था रहेको तर पार्टी नेताहरुको भागवण्डाले गर्दा उमेर हदलाई ख्याल नगरेको बताए। उनले नौ वटा महामन्त्री बनाउन खोज्नुले भागवण्डाको राजनीति भएको स्पस्ट हुने समेत बताए।
नेता कोइरालाले पार्टी सभापति र वरिष्ठ नेता आएर अनसनमा बसेका विद्यार्थीहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा बिहीबार मात्रै तीन जनालाई मनोनयन गरेको बताए। नेविसंघको नेतृत्वमा पार्टीले विधानविपरीत मनोनयन गरेको भन्दै विद्यार्थीहरु पार्टी कार्यालय सानेपामा चार दिनदेखि आमरण अनशनमा बसेका छन्।
Shares

प्रतिक्रिया