ad ad

राजनीति


शीर्ष नेताको बैठकबारे प्रधानमन्त्रीको सचिवालय भन्छ : सबैबाट गणतन्त्रप्रति बलियो प्रतिबद्धता आयो

शीर्ष नेताको बैठकबारे प्रधानमन्त्रीको सचिवालय भन्छ : सबैबाट गणतन्त्रप्रति बलियो प्रतिबद्धता आयो

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १६:२४, काठमाडौँ

शान्ति सम्झौता गर्ने प्रमुख दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा मंगलबार दिउँसो छलफल भएको छ। 

उक्त छलफलमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी भएका थिए। 

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत नेताहरू सहभागी थिए।

छलफलमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। 

बैठकमा अहिलेसम्म प्राप्त उपलब्धिलाई थप सबल बनाउन आफ्नो-आफ्नो तहबाट भूमिका खेल्ने प्रतिबद्धता नेताहरूबाट आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकबीचमै निस्किएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम पूरा गर्ने विधेयक (टीआरसी) अघि बढाउने विषयमा मंगलबार बसेको सर्वदलीय बैठकमा विस्तृत कुरा नभएको बताए।

नेपालले यसबारे अर्को बैठकमा कुरा हुने सहमति भएको बताएका छन्। ‘टीआरसीबारे अर्को पटक छलफल गर्ने कुरा भएको छ। ढिला गर्नु हुँदैन भन्ने भएको छ’, उनले भने, ‘१२ बुँदे सहमति हामीले नै गरेका थियौँ। त्यसबारे बैठकमा छोटो विवेचना भएको छ। त्यसबेला द्वन्द्वलाई हल गर्न हामी सफल भएका थियौँ। संविधान निर्माण गर्यौँ, संघीयता आयो। यी सबै कुरा जनअनुमोदित भइसकेका छन्।’ 

सर्वदलीय बैठकमा भाग लिएर बाहिरिने क्रममा अध्यक्ष नेपालले अहिले व्यवस्था फेर्ने कुरा उठेको भन्दै त्यसलाई स्वीकार्न नसकिने बताए। 

‘अहिले व्यवस्था फेर्ने कुरा उठ्न थालेको छ। तर हामीले व्यवस्थालाई परिस्कृत बनाइनु जरुरी छ। व्यवस्था परिवर्तन आवश्यक छैन, यसमा सुधारको खाँचो छ’, उनले भने, ‘व्यवस्था र अवस्थाबारे मान्छेहरूको भाष्य हामीले सुनिरहेका छौँ। अहिले नै कसैले पनि व्यवस्था बदलियो, अवस्था बदलिएन भन्नु उपयुक्त होइन।’

अध्यक्ष नेपालले अहिलेको व्यवस्थामा अनेकन ढिलासुस्ती र विकृति देखिएका पनि बताए। ‘अहिले अनेकन ढिलासुस्ती र अनेकन विकृतिहरु देखिएका छन्। तिनमा सुधार हुनु आवश्यक छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .