जनमत पार्टीका कार्यकर्ताले अध्यक्ष सीके राउतलाई सर्लाहीमा एक क्विन्टलको माला पहिर्याएका छन्।
जनमत पार्टीले सोमबार सर्लाहीको कविलासीमा आयोजना गरेको कार्यक्रममा राउतलाई समर्थकले एक क्विन्टल सयपत्री फूलको एउटै माला पहिर्याएर स्वागत गरेका हुन्।
जनमत पार्टीले सोमबार कविलासी गाउँपालिका- ८ मा पार्टी प्रवेश कार्यक्रम राखेको थियो। सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका राउतलाई एक क्विन्टलको माला लगाइएको हो।
कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी तीन सय भन्दा धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको दाबी जनमत पार्टीले गरेको छ।
कार्यक्रममा सर्लाही सदरमुकाम मलंगवा घर भएका डा.गुणेश्वर झासहित विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र गरी तीन सय नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेका सो पार्टीले जनाएको छ।
Shares
प्रतिक्रिया