ad ad

राजनीति


जाजरकोट भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २ लाख दिने सरकारको निर्णय

जाजरकोट भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २ लाख दिने सरकारको निर्णय

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक


नेपालखबर
कात्तिक १९, २०८० आइतबार ९:३८, काठमाडौँ

सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

आज (आइतबार) बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। 

यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए। 

उनका अनुसार भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि सुरु गरिहाल्ने सरकारले निर्णय गरेको छ। यसका लागि रकम निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। 

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .