कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा पठाउनको लागि स्वास्थ्यकर्मीसहितको हेलिकप्टर तयारी अवस्थामा राखिएको जनाएको छ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले मौसम खुल्नासाथ स्वास्थ्यकर्मीसहितको टोलीलाई हेलिमार्फत् जाजरकोट पठाउनका लागि सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखिएको जानकरी दिए।
स्थलमार्गबाट पनि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ।
भूकम्पका कारण निम्तिन सक्ने खाद्य जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकारले नेपालगन्ज, दाङ र सुर्खेतबाट आवश्यक खाद्य सामाग्री ढुवानी गर्न तयारी अवस्थामा राखिएकोसमेत मन्त्री जिसीले जानकारी दिए।
गए राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भरुकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म एक सय २१ जनाले ज्यान गुमाइसकेका छन्।
Shares

प्रतिक्रिया