काभ्रेको रोशी गाउँपालिका ८ स्थित चारसयबेसीँ भन्ने ठाउँबाट भारतीय कार रोशी नदीमा खस्दा चार जना घाइते भएको छन्।
महोत्तरीबाट बीपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेका गरेको बीआर ०६डीई४३११ नम्बरको कार सडकबाट तल रोशी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
दुर्घटनामा महोत्तरीको गौशला नगरपालिका ५ का २३ वर्षीय धिरेन्द्र चौधरी, सोही ठाउँकी २० वर्षीया खुस्बु चौधरी, १९ वर्षीया प्रेमिका चौधरी र १९ वर्षकै अन्जली चौधरी घाइते भएका हुन्।
उनीहरुलाई स्थानीय नार्के मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घाइते सबै खतरा मुक्त छन्।
कार चालक भने सकुशल रहेका प्रहरीले जनाएको छ। उनलाई प्रहरीले निगरानीमा राखेको छ।
66
Shares

प्रतिक्रिया