ad ad

राजनीति


कन्हैया कुमार बिहारबाट गिरफ्तार

कन्हैया कुमार बिहारबाट गिरफ्तार

नेपालखबर
माघ १६, २०७६ बिहिबार ७:२४,

भारतीय युवा वामपन्थी नेता एवं जेएनयू विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई बिहार प्रहरीले हिरासतमा लिएको छ।

कन्हैयाले बिहारको पश्चिम चम्पारण जिल्लाबाट सीएए, एनआरसी र एनपीआरविरुद्ध विरोध प्रदर्शन सुरु गरेका थिए। उनले बेतियाको गान्धी मैदानमा सभा गर्ने तयारी गरेका थिए। तर, प्रशासनले कानुनी व्यवस्था र सरस्वती पूजालाई ध्यानमा राखी सभा गर्नका लागि अनुमति दिएको थिएन।

सभा गर्नका लागि अनुमति नपाएपछि कन्हैया गान्धी आश्रम बाहिर धर्नामा बसेका थिए। प्रहरीले उनलाई धर्नास्थलबाटै कन्हैयालाई गिरफ्तार गरेको थियो।

सभा गर्न नदिएको भन्दै कन्हैयाका कार्यकर्ताहरू आक्रोशित बनेका छन्। उनीहरुले गान्धी आश्रमको बाहिर प्रदर्शन समेत सुरु गरेका छन्। प्रदर्शनपछि सो क्षेत्र तनावग्रस्त बनेको र अवस्थालाई ध्यानमा राख्दै सो क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।

कन्हैयाले आफूले बिहीबार प्रदर्शन गर्ने पूर्वसूचना प्रशासनलाई दिए पनि पहिले नरा्केर कार्यक्रमको तयारी भएपछि रोेकिएको भन्दै आपत्ति जनाए।

‘गान्धीजीलाई दण्डवत्‌ गर्दै गरिब विरोधी सीएए–एनआरसी–एनपीआरको विरोध गर्न आज बापू धाम (चम्पारण) मा एक महिना लामो जन–गण यात्रा यात्रा शुरू हुने भएको थियो’, सामाजिक सञ्जाल ट्विटरमा कन्हैयाले लेखेका छन्, ‘यस यात्रामा भाग लिनका लागि समाजका सबै वर्गका मानिसहरु उपस्थित थिए। तर, प्रशासनले हामी सबैलाई हिरासतमा लिएको छ।’

दिउँसो १ बजेबाट विरोध प्रदर्शन सुरु हुने भनिए पनि सो क्षेत्रमा बिहानैदेखि सयौँको संख्यामा कन्हैयाका समर्थकहरु उपस्थित थिए। यस अघि कन्हैया गान्धी आश्रममा पुगेर महात्मा गान्धीको मूर्तिलाई फूल माला चढाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .