ad ad

राजनीति


अदालतको निर्णय स्वागतयोग्य, आममाफीसँग सम्बन्धित कानुनी छिद्र टालौं : गगन थापा

अदालतको निर्णय स्वागतयोग्य, आममाफीसँग सम्बन्धित कानुनी छिद्र टालौं : गगन थापा

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार २०:५०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आममाफीसँग सम्बन्धित कानुनलाई एकीकृत गर्न र कानुनी छिद्रहरू टाल्न आग्रह गरेका छन्। 

राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल ‘रिगल’लाई पुनः थुनामा पठाउने सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य भएको बताउँलै थापाले सामाजिक सञ्जालमार्फत मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको टिप्पणी गरेका छन्। 

उनले भनेका छन्, ‘आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य छ। मुद्दाको अन्तिम किनारा, पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको छ।’

यस्तो अवस्था पहिलो पटक नआएको उल्लेख गर्दै महामन्त्री थापाले घटना सेलाउँलै गएपछि बिर्सिने प्रवृत्ति दोहोरिन दिन नहुने पनि उल्लेख गरेका छन्। 

‘यस्तो अवस्था आएको पहिलो पटक होइन। कानुनको छिद्र प्रयोग गरेर पटक पटक यस खालका घटनाहरू दोहोरिने गरेका छन्। आम माफीका घटना आउँदा त्यसको विरोध गर्ने, घटना सेलाउँदै गए पछि बिर्सिने प्रवृत्तिलाई अब फेरि दोहोरिन दिनु हुँदैन,’ उनले भनेका छन्, ‘यस सम्बन्धमा जे–जसरी आम माफी दिने गरिएको छ त्यसले यो प्रणालीमै प्रश्न उठ्ने गरेको छ।’

मुद्दाको अन्तिम किनारा गर्नुमा न्यायपालिकाको भूमिका र पीडितको न्यायको विषयको आधारमा यो प्रणालीमै पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।

‘अब हामी अलमलिने वा यो विषयलाई नजरअन्दाज गर्ने भन्ने नै हुँदैन, आम माफीसँग सम्बन्धित सम्पूर्ण कानुनलाई एकीकृत गरेर व्याख्या गरौँ र कानुनी छिद्रहरू टालौँ,’ थापाले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .