राजनीति


डोनाल्ड ट्रम्पले छैठौँ विश्वयुद्धबारे ट्विट गरेपछि

डोनाल्ड ट्रम्पले छैठौँ विश्वयुद्धबारे ट्विट गरेपछि

नेपालखबर
माघ १५, २०७६ बुधबार १५:५०,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गरेको ‘छैठौँ विश्वयुद्ध’ बारे एउटा ट्विट गरेपछि त्यसले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।

ट्विटमा ट्रम्पले आफैँले नियुक्त र बर्खास्त गरेका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनबारे लेखेका छन्, ‘मैले उनको सल्लाह सुनेको भए छैठौँ विश्ययुद्ध भइसक्ने थियो।’

सिनेटमा जारी महाअभियोग सुनुवाइमा साक्षीका रुपमा बोल्टन उपस्थित हुनसक्ने चर्चाका बीच ट्रम्पले यस्तो ट्विट गरेका हुन्।

बोल्टनले एउटा संस्मरणात्मक पुस्तक पनि लेख्दै छन्। ‘द रुम ह्वेर इट ह्यापेन्ड’ नामक सो पुस्तकले ट्रम्पका विषयमा केही खुलासा गर्ने अपेक्षा गरिएको छ।

ट्रम्पको ट्विटपछि ‘वर्ल्ड वार ६’ भने ट्रेन्डिङमा रह्यो। थुप्रैले ट्रम्पको मजाक उडाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad