ad ad

ग्लोबल


थाक्सिनकी कान्छी छोरी बनिन् थाइल्याण्डको सत्तारुढ फेउ थाई पार्टीको नेता

थाक्सिनकी कान्छी छोरी बनिन् थाइल्याण्डको सत्तारुढ फेउ थाई पार्टीको नेता

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार २२:५६, काठमाडौँ

थाइल्याण्डको सत्तारुढ फेउ थाई पार्टीले जेलमा रहेका अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरीलाई शुक्रबार आफ्नो नेता चयन गरेको छ।

थाक्सिनकी ३७ वर्षकी कान्छी छोरी पातोङटार्न सिनावात्रा राजनीतिमा प्रवेश गरेको दुई वर्षपछि शुक्रबार फेउ थाईको नयाँ नेता चयन भएकी हुन्। 

शुक्रबार बिहान भएको पार्टीको साधारणसभाबाट पाइतोङटार्न २८९ मत प्राप्त गरी विजयी भएकी थिइन्, जसले थाइल्याण्डको अर्बपति थाक्सिन परिवारको राजनीतिक वर्चश्वलाई निरन्तरता दिनेछिन्। 

थाक्सिन थाई इतिहासमा सबैभन्दा प्रभावशाली तर विभाजनकारी राजनीतिज्ञ हुन्, जो सन् २००६ को राजनीतिक ‘कु’ पछिको १५ वर्ष लामो स्व–निर्वासित जीवन त्यागेर अगस्तमा देश फर्केका थिए। उनी अहिले जेलमै छन्।

‘फेउ थाईको नयाँ नेतृत्वले पार्टीलाई फेरि नम्बर एक बनाउन आफैंमा सुधार गर्नुपर्छ’, पातोङटार्नले रातो सूट लगाएर शुक्रबार पार्टीका सदस्यहरू र पत्रकारहरूलाई भनिन्।

३७ वर्षीय पाइतोङटार्न मे महिनामा भएको आम चुनावमा फेउ थाई पार्टीको अभियानको प्रमुख भूमिका खेल्दै पार्टीलाई आधुनिकीकरण गर्ने योजना बनाएकी थिइन्। निर्वाचनमा पाइतोङटार्न र श्रेथा थाविसिनलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारिएको थियो, पछि संस्दबाट श्रेथा प्रधानमन्त्रीमा निर्वाचित भए।

थाइल्याण्डको राजनीतिमा ‘लोकप्रिय’ थाक्सिन जेलबाट रिहा भएपछि पार्टीको सल्लाहकारको भूमिकामा रहने बताइएको छ। 

फेउ थाई थाक्सिन सिनावात्राद्वारा स्थापित पार्टी हो जसलाई मे महिनामा भएको निर्वाचनबाट अपस्टार्ट प्रोग्रेसिभ मुभ फर्वार्ड पार्टीले दोस्रो स्थानमा धकेलेको थियो।

सन् २००१ देखि हरेक निर्वाचनमा सबैभन्दा धेरै सिट जित्दै आएको फेउ थाई पार्टीका लागि यो ठूलो झट्का थियो। तर पनि सेना निकट मानिने कन्जरभेटिभ पार्टीसँग मिलेर यसले सरकार बनाउन सफल भयो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .