प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उल्लेख्य काम गरेको दावी गरेका छन्।
बुधबारबाट राष्ट्रिय सभागृहमा सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले अन्तर्राष्ट्रिय सूचाकांका आधारमा सरकारको कामको प्रगति प्रस्तुत गरेका छन्।
सरकारले एउटा पनि राम्रो काम गरेको छैन भनेर विपक्षहरुले आरोपका लागि आरोप मात्रै लगाएको भन्दै प्रधानमन्त्री ओलीले विश्वका पछिल्ला कुनै पनि सूचकमा नेपाल पछाडि नपरेको दावी गरे।
‘विश्वका विभिन्न सूचकहरुमा नेपाल कुनै पनि पनि सूचकमा नेपाल नेगेटिभ अवस्थामा छैन’, उनले भने, ‘अगाडिबाट पछाडि पर्यो भन्ने एउटा पनि छैन।’
‘विश्व बैंकको व्यवसाय सम्बन्धी सूचकमा नेपालको नेपाल १६ स्थान माथि उक्लेको छ। मानव विकास सूचाकांकमा नेपाल दुई स्थान अगाडि बढेको छ। विश्व भोकमरीको सूचाकांकमा अहिले नेपालको स्थित सुधार हुँदै ७३ औँ स्थानमा आइपुगेको छ। ग्लोवल पिस इन्डेक्समा नेपालले १२ स्थान सुधार गरेको छ’, प्रधानमन्त्री ओलीले भने।

प्रतिक्रिया