समाज


कोरोना भाइरस नियन्त्रण गर्न चीनले दुई दिनमा तयार गर्‍यो हजार शय्याको अस्पताल

कोरोना भाइरस नियन्त्रण गर्न चीनले दुई दिनमा तयार गर्‍यो हजार शय्याको अस्पताल

नेपालखबर
माघ १५, २०७६ बुधबार ६:२६,

यसअघि ६ दिनमा सम्पन्न गर्ने भनेको चीनले दुई दिनमै हजार शय्याको अस्पताल तयार गरेको हो।

हुबेई प्रान्तको वाङ्जाउ जिल्लमा यस अस्पताल निर्माण भएको डेलीमेलले जनाएको छ। ह्वान्ग्याङ सेन्ट्रल हस्पिटलको शाखाको रुपमा यो नयाँ अस्पताल निर्माण गरिएको हो।

अस्पतालले काम सुरु गरिसकेको जनाइएको छ। कोरोनाको संक्रमणले महामारीको रुप लिएपछि गत शुक्रबार मात्र चीन सरकारले ६ दिनमा हजार शय्याको अस्पताल निर्माण गर्न निर्देशन दिएको थियो।

शनिबारदेखि जमीन खन्ने कार्य सुरु भएकोमा सोमबारसम्म अस्पताल निर्माण सम्पन्न भएको र पानी, बिजुली तथा इन्टरनेटको पूर्ण व्यवस्था गरिएको जनाइएको छ।

Wuhan, which is ravaged by a deadly new virus, has vowed to build a special, 1,000-bed hospital in less than a week to fight an outbreak that has left at least 130 people dead in the country. In the picture above, mechanical equipment are seen working on the construction site of the coronavirus hospital in the Caidian District in Wuhan, China, on January 24

४८ घन्टामै अस्पताल तयार भएको जनाइएको छ। यो अस्पताल निर्माण सम्पन्न गर्न ५ सयजना कामदार दिनरात दुईदिन खटेका थिए।

यस्तै कोरोना संक्रमितकै लागि लक्षित अन्य अस्पतालहरु पनि बनिरहेका छन्। कोरोना पहिलोपटक देखिएको वुहान शहरमा यो अस्पताल निर्माणाधिन छ।

यस अस्पतालमा भने १५ सय बिरामीको उपचार हुनेछ। यहाँ २ हजार चिकित्सकहरुले उपचार गर्नेछन्।

यस्तै तेस्रो अस्पताल जेन्झाउमा बनिरहेको छ। यी अस्पतालहरु फेब्रुअरीदेखि सन्चालनमा आउने अनुमान गरिएको छ।

The Wuhan authorities have instructed four construction companies to toil through the Chinese New Year holiday in order to complete the urgent task. This photo shows excavators and trucks on the construction site of a new hospital on January 27

हालसम्म कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ। यस भाइरसबाट चीनमा मात्र ५ हजार ९ सय ७४ संक्रमित छन्।

यस्तै चीनबाहिर ८२ गरी पुरा ६ हजार ५६ मा यस भाइरसको संक्रमण देखिएको सीएनएनले जनाएको छ।

कोरोनाको संक्रमणपछि साफ फेर्न निकै गाह्रो हुने र निमोनियाको संकेत देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यो चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा गत डिसेम्बरमा पहिलोपटक देखिएको थियो।

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad