ad ad

राजनीति


सरकारले भन्यो– इजरायलमा राजदूत लगायतका कर्मचारी पनि बंकरमै बसेर काम गरिरहेका छन्

सरकारले भन्यो– इजरायलमा राजदूत लगायतका कर्मचारी पनि बंकरमै बसेर काम गरिरहेका छन्

नेपालखबर
असोज २४, २०८० बुधबार १७:२३, काठमाडौँ

सरकारले इजरायलमा रहेका नेपाली राजदूत लगायतका कर्मचारी पनि बंकरमा बसेर काम गरिरहेको बताएको छ। परराष्ट्र मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले राजदूत लगायतका कर्मचारी बंकरमा बसेर काम गरिरहेको जानकारी दिइन्। 

साथै, युद्ध भएकोले बाहिर निस्किने स्वीकृति नभएको जानकारी आएको पनि उनले बताइन्।

बेपत्ता रहेको विपिन जोशीको हकमा विभिन्न अस्पतालमा उनको तस्बिर र पोसपोर्टको फोटोकपी देखाएर पत्ता लगाउने कोसिस भइरहेको उनले जानकारी दिइन्।

मृत्यु भएका नेपालीको शव हस्तान्तरणका लागि इजरायल सरकारलाई अनुरोध गरिएको उनले बताइन्।

तर दबाब नै दिनुपर्ने अवस्था चाहिँ नभएको उनले बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .