ad ad

राजनीति


बेपत्ता विद्यार्थीको खोजी जारी छ, अहिले सबै कुरा भन्न मिल्दैन : परराष्ट्र

बेपत्ता विद्यार्थीको खोजी जारी छ, अहिले सबै कुरा भन्न मिल्दैन : परराष्ट्र

नेपालखबर
असोज २४, २०८० बुधबार १७:८, काठमाडौँ

परराष्ट्र मन्त्रालयले इजरायलमा बेपत्ता नेपाली विद्यार्थीको खोजी जारी रहेको बताएको छ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले कञ्चनपुरका विद्यार्थी विपिन जोशीको खोजी भइरहेको बताइन्।

बेपत्ताको खोजीबारे सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता लम्सालले त्यहाँ विभिन्न माध्यमबाट ती विद्यार्थीको खोजी गरिरहेको र अहिले नै सबै कुरा भन्न नमिल्ने बताइन्।

 विभिन्न अस्पतालमा उनको तस्बिर र पासपोर्टको फोटोकपी देखाएर पत्ता लगाउने कोसिस भइरहेको पनि लम्सालले बताइन्।

गएको शनिबार गाँजा क्षेत्रमा प्यालेस्टाइनी विद्रोहीले गरेको आक्रमणका क्रममा १० जना विद्यार्थीको निधन भएको थियो। सोही घटनामा परी सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन सम्पर्कविहीन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .