ad ad

राजनीति


बागमती प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य

बागमती प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०८० बुधबार ६:२५, हेटौँडा

बागमती प्रदेश सभा बैठकको अधिवेशन गए रातिदेखि अन्त्य भएको छ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको १२औं वर्षे अधिवेशन बैठक मंगलबार मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन्। 

मन्त्रिपरिषदबाट पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गरेको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए।

बागमती प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .