ad ad

राजनीति


परराष्ट्रमन्त्री साउदले गरे इजरायलका विदेशमन्त्री कोहेनसँग टेलिफोन वार्ता

परराष्ट्रमन्त्री साउदले गरे इजरायलका विदेशमन्त्री कोहेनसँग टेलिफोन वार्ता

नेपालखबर
असोज २२, २०८० सोमबार १७:५४, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एलि कोहेनसँग टेलिफोन वार्ता गरेका छन्। सोमबार दिउँसो साउद र कोहेनबीच त्यहाँ जारी हमास समूहले गरेको आक्रमणका विषयमा छलफल भएको मन्त्री साउदको सचिवालयले जनाएको छ। 

त्यहाँ अलपत्र परेका नेपालीहरूको उद्धारका लागि समन्वय गर्न मन्त्री साउदले विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन्।

आजै साउदले त्यहाँस्थित नेपाली विद्यार्थीहरूसँग पनि भिडिओ वार्ता गरेका थिए। 

इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि पहल भइरहेको मन्त्री साउदले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .