राजनीति


रास्वपाले तीनै तहमा ‘नव–प्रवर्तन तथा स्टार्टअप विभाग’ गठन गर्ने, यस्ता छन् अन्य निर्णय

रास्वपाले तीनै तहमा ‘नव–प्रवर्तन तथा स्टार्टअप विभाग’ गठन गर्ने, यस्ता छन् अन्य निर्णय

नेपालखबर
असोज १९, २०८० शुक्रबार २०:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्र, प्रदेश र पालिका तीनै तहमा ‘नव–प्रवर्तन तथा स्टार्टअप विभाग’ गठन गर्ने निर्णय गरेको छ। पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले योसहित अन्य दुई निर्णय गरेको पार्टी महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए। 

उनका अनुसार निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्न अध्ययन कार्यदल गठन गरिएको छ। 

सरकारका पूर्वसचिव र सहसचिवसहितको ६ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको हो। समितिमा पूर्वसचिवहरू शारदा प्रसाद त्रिताल र श्री पूर्णचन्द्र भट्टराई, पूर्वसहसचिव भागवत खनाल, पूर्व प्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारी र चार्टर्ड एकाउन्टेन्ट लिलाराज ढकाल रहेका छन्।

त्यस्तै, उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने कार्यादेशका साथ तीन सदस्यीय कार्यदल पनि गठन गरिएको प्रवक्ता ढकालले बताए। 

सो समितिमा उर्जा तथा भूमिगत संरचना विज्ञ ई. श्रीराम न्यौपाने (संयोजक),उर्जा विज्ञ पूर्व सचिव ई. देबेन्द्र कार्की र उर्जा विज्ञ ईं डा. सरोज अधिकारी सदस्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .