ad ad

राजनीति


गृहमन्त्रीको उपस्थितिमा मलंगवामा आज गर्ने भनिएको सद्‌भाव र्‍याली स्थगित

गृहमन्त्रीको उपस्थितिमा मलंगवामा आज गर्ने भनिएको सद्‌भाव र्‍याली स्थगित

नेपालखबर
असोज १८, २०८० बिहिबार १२:२३, काठमाडौँ

सर्लाही सदरमुकाम मलंगवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा आज हुने भनिएको सद्‌भाव र्‍याली स्थगित भएको छ।

गृहमन्त्रीको कार्यव्यस्थताको कारण आजको लागि पूर्वनिर्धारित सद्‌भाव र्‍याली स्थगित गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईन्द्रदेव यादवले जानकारी दिए। 

‘सर्वपक्षीय बैठकको निर्णयअनुसार आज हामीले गृहमन्त्रीज्यूको समुपस्थित मलंगवामा बृहत् सद्‌भाव र्‍याली निकाल्ने तयारी गरेका थियौँ,’ यादवले भने, ‘तर, उहाँको कार्यव्यस्तता कारण अर्को सूचना जारी नहुन्जेलसम्मको लागि सद्‌भाव र्‍याली स्थगित गरिएको छ।’

दुई साताअघि मलंगवामा सामाजिक सद्भाव विथोलिने प्रकारका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो। 

उक्त कर्फ्यु आदेश हटाएपछि स्थानीय प्रशासनले सर्वदलिय बैठकको निर्णअनुसार आजको लागि गृहमन्त्रीको समेत उपस्थिति सद्‌भाव र्‍यालीको कार्यक्रम निर्धारण गरिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .