ad ad

राजनीति


एमाले प्रदेश अधिवेशन : कर्णाली र कोशीमा आज मतदान हुँदै

एमाले प्रदेश अधिवेशन : कर्णाली र कोशीमा आज मतदान हुँदै

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार ७:२०, काठमाडौँ

नेकपा एमालेका कोशी प्रदेश र कर्णाली प्रदेश कमिटी चयनका लागि आज (आइतबार) चुनाव हुँदैछ।

सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार कर्णाली प्रदेशमा बिहान ८ बजे मतदान सुरु हुनेछ भने कोशी प्रदेशमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान गरिनेछ। 

कर्णाली प्रदेश अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुँदै छ। 

उता कोशीमा एमाले अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .