नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयन लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ।
एमाले बागमतीको नयाँ नेतृत्व चयनका लागि आज दिउँसो भएको मतदानको मतगणना सुरु भएको हो। राति १०:३० बजेदेखि मतगणना सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए।
उनका अनुसार कुल ११ सय ७२ प्रतिनिधि रहेकोमा ११ सय ३१ जना मतदानमा सहभागी भएका थिए। ४१ जना प्रतिनिधि अनुपस्थित भएको मुख्य निर्वाचन अधिकृत मैनालीले बताए।
निर्वाचनमा अध्यक्ष पदका दुई प्यानल बनाएर नेताहरु मैदानमा उत्रिएका छन्। अध्यक्षमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन्।
63
Shares
प्रतिक्रिया