राजनीति


कैलाशको प्यानलमा नाटकीय हेरफेर, उपाध्यक्षमा दावा दोर्जे कि ईश्वरचन्द्र?

कैलाशको प्यानलमा नाटकीय हेरफेर, उपाध्यक्षमा दावा दोर्जे कि ईश्वरचन्द्र?

एमाले बागमती प्रदेशको अधिवेशको दृश्य। तस्बिर : नेपालखबर


नेपालखबर
असोज १२, २०८० शुक्रबार १८:१५, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षका उम्मेदवार कैलाश ढुङ्गेलले नाटकीय रुपमा आफ्नो प्यानलको नाम फेरेको पाइएको छ।

शुक्रबार सवा १ बजेपछि सुरु मतदानका बेला ढुङ्गेल प्यानलमा दावादोर्जे लामा उपाध्यक्ष रहेको पर्चा वितरण गरिएको थियो।

उक्त पर्चा अनुसार सचिवमा हस्तबहादुर पण्डित, उपसचिवमा प्रमबहादुर महर्जन र महिला उपसचिवमा रिता गौतम थिए।

यस्तै प्रदेश खुलामा अशोक चौलागाईँ, तुलबहादुर कँडेल, निरेसलाल सिंह महर्जन, शंम्भु सुवेदी, शुभराज पोखरेल छन्।

तर, पौने ३ बजे सबै मतदाता र प्रतिनिधिलाई पठाइएको पाँचजना पदाधिकारीको नाममा भने कैलाशको प्यानलमा उपाध्यक्ष हेरफेर भएको देखिन्छ।

नेपालखबरले प्राप्त गरेको एसएमएस अनुसार कैलाशको प्यानलबाट उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेललाई मत दिन अनुरोध गरिएको छ।

बागमती प्रदेश कमिटीको नेतृत्व छान्न अहिले पनि मतदान जारी छ। यो समाचार तयार पार्दासम्म झण्डै ७ सय मत खसिसकेको निर्वाचन कमिटीले जानकारी दिएको छ।

पर्चामा उपाध्यक्षका उम्मेदवार दावादोर्जे लामाको नाम छ भने एसएमएसमा उपाध्यक्षका उम्मेदवार ईश्वर चन्द्र पोखरेलको नाम उल्लेख छ।

चुनाव नगरी नेतृत्व छान्ने अध्यक्ष केपी शर्मा ओलीको योजना विफल भएपछि उद्घाटन सुरु भएको एकहप्तापछि एमाले बागमती प्रदेश कमिटीको चुनाव भएको हो। 

अध्यक्ष ओलीले चुनाव रोक्न नसकेपछि प्यानल बनाउन निषेध गरेका थिए।

उनले व्यक्तिगत चुनाव लड्न पाएपनि प्यानल बनाए उम्मेदवारी खारेज गर्ने चेतावनी दिएपनि ढुङ्गेलले पालना गरेका छैनन्।

उनले पर्चा नै बनाएर आफ्ना प्यानलका नाम मतदातालाई वितरण गरेका हुन्।

पर्चाले मात्र नपुग्ने देखेर एसएमएस गरेका ढुङ्गेलले उपाध्यक्षको नाम फेरेको देखिन्छ।

बागमती प्रदेशको नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र ढुङ्गेलबीच प्रतिस्पर्धा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .