ad ad

राजनीति


शासकीय मानसिकता नफेरिएसम्म संघीयता कार्यान्वयनमा समस्या छ : कावा प्रधानमन्त्री खड्का

शासकीय मानसिकता नफेरिएसम्म संघीयता कार्यान्वयनमा समस्या छ : कावा प्रधानमन्त्री खड्का

फाइल फोटो


नेपालखबर
असोज १२, २०८० शुक्रबार १६:१९, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शासकीय मानसिकता परिवर्तन नभएसम्म संघीयताको सफल कार्यान्वयनमा समस्या हुने बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संघीयताको सफल कार्यान्वयनका लागि तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन अपरिहार्य भएको बताए।

उनले संघीयता कार्यान्वनय नभइकन जस्तोसुकै ऐन र नियम बनाएपनि धेरै परिणाम नदिने उल्लेख गरे। उनले संघीय शासन प्रणालीअनुसारको अधिकार कार्यान्वनयको श्रोतको व्यवस्थापन, जिम्मेवारी लगायतमा ध्यान दिन जरुरी रहेको बताए।

उनले भने, ‘मुल रुपमा हाम्रो शासनको जिम्मेवारीमा निर्वाचित भएर आउने विशेषगरी र स्थायी सरकारको हुनुपर्ने निजामति प्रशासनको मानसिकता दुवै तहको जिम्मेवारमा बस्नेहरुको शासकीय मानसिकता परिवर्तन नभएसम्म कार्यान्वयनमा समस्या हुन्छ। कार्यान्वयन नभइकन जस्तोसुकै ऐन बनाएपनि जस्तोसुकै नियम बनाएपनि धेरै परिणाम दिँदैन। त्यसले द्वन्द्व निम्त्याइरहन्छ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले सङ्घीय कानुन निमार्णलाई उच्च प्राथमिकतामा राखेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .