राजनीति


एसएमएस गरेर यसरी मत माग्दै छन् कैलाश ढुंगेल

एसएमएस गरेर यसरी मत माग्दै छन् कैलाश ढुंगेल

कैलाश ढुंगेलसहितले मत माग्दै पठाएको म्यासेज। तस्बिर : नेपालखबर


नेपालखबर
असोज १२, २०८० शुक्रबार १५:४६, काठमाडौँ

एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अहिले च्यासलमा मतदान भइरहेको छ।

विद्युतीय मेशिनमा अहिले मतदान चलिरहेको छ। अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल लडेका छन्। 

यस्तोमा अध्यक्षका उम्मेदवार ढुंगेलले आफ्नो प्यानलका पदाधिकारीको नाम नै लिएर एसएमएसमार्फत एमालेका प्रतिनिधिसँग मत मागेका छन्।

उनले अध्यक्षमा कैलाश प्रसाद ढुंगेल, उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, सचिवमा हस्तबहादुर पण्डित, उपसचिवमा प्रेमबहादुर महर्जन र उपसचिवमा रिता गौतम ढकाललाई मत मागिरहेका छन्। 

त्यस्तै मतदानस्थलमै व्यापक प्रचार गरिए पनि अन्य उम्मेदवारहरुलले पनि मोबाइल म्यासेज पठाएर धमाधम मत मागिरहेका छन्। 

एमाले बागमतीको अधिवेशनमा कुल मतदाता ११ सय ७४ जना रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .