ad ad

राजनीति


संसद्‌मा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्छ : महामन्त्री थापा

संसद्‌मा पेश गरिएको शिक्षा विधेयक सच्याउनुपर्छ : महामन्त्री थापा

नेपालखबर
असोज ७, २०८० आइतबार १८:२४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन्।

पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले सो विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरूसँग सामुहिक छलफल गर्ने समेत बताए। उनले कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएकाले नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए।

‘नेपाली कांग्रेस संसदको ठूलो पार्टी हो। त्यो भएको हिसावमा नेपाली कांग्रेस यो संसदमा केही काम गरिदियोस् भन्ने तपाईका मागहरू छन, जुन जायज छन। शिक्षा विधेयक भर्खर संसदमा दर्ता भएको छ,’ उनले भने, ‘कांग्रेसका सांसदहरू, कांग्रेसका केन्दिय सदस्यहरू बसेर यो विधेयकलाई हामी कसरी परिस्कृत र समृद्ध बनाउन सक्छौ भनेर छलफल गर्छौै। मुस्लिम समुदायले केही महत्वपूर्ण विषयहरु उठाउनुभएको छ, जुन मदरसा शिक्षासँग सम्बन्धित छ।’ 

पार्टी निकट नेपाल मुस्लिम संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले निर्वाचन कानून सम्बन्धि विधेयक पनि केही दिन भित्रै संसदमा पेस हुने उल्लेख गर्दै त्यसलाई कांग्रेसले आवश्यक्ताको आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए।

‘हामी संसदको सबैभन्दा ठूलो पार्टी हो। हामीले सच्याउन चाहँदा यो सच्चिन्छ। यसलाई हामीले सच्याउनु पर्दछ। निर्वाचन कानुन केही दिनपछि संसदमा आउँछ। हामीले बनाउनु पर्नेछ। हामी बनाउँछौं,’ उनले भने।

महामन्त्री थापाले मुलुकमा नियोजित रुपमा सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा पार्टीको सिंगो पंक्ति लाग्नुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .