ad ad

राजनीति


सापकोटालाई सभामुख बनाउनु कानुनको गम्भीर उल्लंघनः मसाल

सापकोटालाई सभामुख बनाउनु कानुनको गम्भीर उल्लंघनः मसाल

नेपालखबर
माघ १२, २०७६ आइतबार १०:४,

नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अग्नि सापकोटालाई सभामुख बनाउनु कानुनको गम्भीर उल्लंघन हुने ठहर गरेको छ। ब्यक्ति हत्याको आरोप लागेका सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको प्रस्ताव गलत भएको मसालले जनाएको छ।

मसाल महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको वक्तव्यमा सर्वोच्च अदालतले उनीविरुद्ध मुद्दा दर्ता गरेर कानुनी कारबाही गर्न आदेश दिएपनि सरकारले त्यसको वेवास्ता गर्दै आइरहेको जनाएका छन्। ज्यानसम्बन्धी मुद्दाको आरोपी सापकोटाविरुद्ध सत्ताको दवावका कारण प्रहरीले उजुरी समेत दर्ता गर्न नमानेको मसालले जनाएको छ।

‘उक्त विषयमा सर्वोच्च अदालतले समेत त्यससम्बन्धी उजुरीलाई दर्ता गरेर मुद्दा चलाउन आदेश दिएको छ। तर सर्वोच्चको त्यो आदेशको पनि पालन भएको छैन। त्यसरी सर्वोच्चमा परेको रिटको पेसी बारम्बार सरेर त्यससम्बन्धी न्यायोचित कारवाहीलाई पनि अवरुद्ध गर्ने काम गरिएको छ।’ महामन्त्री सिंहले भनेका छन्।

सभामुखका लागि अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध सभामुख घोषणा भएका छन्।

सापकोटालाई सभामुख नबनाउन केही दिन यता माइतीघर मण्डलामा प्रदर्शन समेत हुँदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .