हङकङमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ पुग्यो

हङकङमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ पुग्यो

नेपालखबर
माघ १२, २०७६ आइतबार ९:५८,

आइतबारदेखि हङकङमा ६ जनाको यसको संक्रमण देखिएको एससीएमपीले जनाएको छ।

यी छैठौं व्यक्तिलाई पनि प्रिन्सेस मार्गरेट हस्पिटलमा उपचारको लागि लाने जनाइएको छ।

हङकङले यतिबेला चीनसँगको सबै हवाई यात्रा तथा रेल सेवालाई बन्द गरिदिएको छ।

कोरोनाको संक्रमण बढेसँगै शनिबार मात्र कार्यकारी प्रमुख क्यारी लामले स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेकी थिइन।

यस माहामारीको खतरा मध्यनजर गर्दै सरकारले फेब्रुअरी १७ सम्म सबै विद्यालयहरु पनि बन्द गरिएको छ।

चीनको वुहान शहरबाट फैलिएको यस भाइरसबाट अहिलेसम्म ५६ जनाको मृत्यु हुनाका साथै चीनमा मात्र १९ सयभन्दा बढीमा यसको संक्रमण देखिएको छ।

वुहान शहरबाट भ्रमणमा आएका चिनियाँ पर्यटकमा नै पहिलोपटक हङकङमा कोरोनाको संक्रमण देखिएको थियो।

त्यसयता यसको संक्रमण बढ्दो छ। विश्वभर यसको प्रकोप फैलिरहेको छ। चिनियाँ चिकित्सक तथा विश्व स्वास्थ्य संगठनका वैज्ञानिकहरु यस भाइरसको रोकथामका लागि जुटेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .