ad ad

राजनीति


कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्छ : विप्लव

‘सरकारमा रहनका लागि मात्रै गठन गरिएको होइन’
कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्छ : विप्लव

नेपालखबर
असोज ६, २०८० शनिबार १७:२३, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन्।

सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो। महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरूले भाग लिएको पटकपटक दोहो¥याए। 

शनिबार काठमाडौंमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उनले मोर्चाले सबै कम्युनिष्टहरुलाई एउटै मोर्चामा ल्याउने गरी सोच्नुपर्ने आवश्यक्ता समेत औंल्याए। 

‘नेपाल विघटन हुन्छ कि भन्ने ठाउँमा पुग्नसक्छ। यो हेक्का राखिराख्नुस्। नेपाल एकदमै नराम्रो ठाउँमा पुगेको छ। यो संवेदना त्यसले मात्रै बुझ्छ, जो कुर्सी, पद र धनको स्वार्थभन्दा माथि उठछ। त्यसले मात्रै बुझ्नसक्छ त्यो। निशर्त दाउमा राखेर लडने मानिसले मात्रै बुझने कुरा हो नि यो,’ उनले भने, ‘सानासाना पाइला चाल्नेले त्यो कुरा भन्नै सक्दैन। हो यही परिस्थितिलाई समाजवादी मोर्चालाई जायज ठह¥याएको छ। र, यो वस्तुवादी कुरा हो। यो गर्नैपर्छ। त्यो मात्रै होइन सारा कम्युनिष्टहरुलाई एउटै मोर्चामा ल्याउनेगरी सोच्नुपर्छ। हामीले बहस गर्ने आँट गर्नु पर्छ।’

महासचिव विप्लवले देशको माया गर्ने, जनताको माया गर्ने सबैले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने जिकिर गरे।

‘मात्रै होइन, कांग्रेससँग पनि बहस गर्ने आँट गर्नुपर्छ। ऊ पनि एउटा राजनीतिक क्षेत्र हो नि त। त्यहाँ हामीले बहस गर्नैपर्छ। त्यो गर्नेगरी नै हामी समाजवादी मोर्चामा भाग लिएका हौं। त्यसकारण यो समाजवादी मोर्चाको उद्देश्य के होइन भने सरकारमा, मन्त्रीमा जाने, खाने। यो होइन। नेपालको अगाडि देखा परेको चुनौतिको सामना गर्न गर्ने उद्देश्यले यो समाजवादी मोर्चा खडा गरिएको छ,’ उनले भने।

महासचिव विप्लवले नेपालको संविधान पनि परिवर्तन गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .