राजनीति


प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेट

नेपालखबर
असोज ६, २०८० शनिबार १५:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ। 

शनिबार चीन पुगेका प्रधानमन्त्री प्रचण्डले हाङ्जाओमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका हुन्। उनीहरूबीच द्विपक्षीय भेटवार्ता हुन बाँकी छ।

एसियन गेम्सको  उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार हाहाङ्जाओ पुगेका छन्। 

प्रचण्डलाई  हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड अमेरिकामा संयुक्त राष्ट्रसंघको  ७८औँ महासभालाई सम्बोधन गरेर आजै चीन पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए।

एसियन गेम्सको उद्घाटनपछि प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी सहर बेइजिङ जाने कार्यक्रम छ।

बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। उक्त भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad