राजनीति


कांग्रेस नेता गुरुङको प्रस्ताव : कर्मचारीको कामको गणना हरेक घण्टा, तलब हरेक सातामा

कांग्रेस नेता गुरुङको प्रस्ताव : कर्मचारीको कामको गणना हरेक घण्टा, तलब हरेक सातामा

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०८० बिहिबार ११:५८, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले अब नेपाल सरकारले पनि कर्मचारीको कामको गणना गर्न घण्टे पद्धति ल्याउनुपर्ने बताएका छन्।

संघीयतामा देश गएसँगै तीन तहका कर्मचारी पाल्न राज्यलाई हम्मे परिरहेका बेला गुरुङले यस्तो प्रस्ताव अघि सारेका हुन्।

गुरुङले सरकारले काम गर्ने मानिसको हरेक घण्टाको कामको गणना पद्धति लागु गरेर हरेक हप्ता तलब दिने प्रणाली कार्यान्वयनमा ल्याउनुपर्ने पनि बताएका  छन्। 

‘नेपाल सरकारले काम गर्ने मानिसको ‘हरेक घण्टामा कामको गणना पद्धति’ र काम गरेको मानिसलाई ‘हरेक हप्ता तलब दिने प्रणाली’को सुरुवात संसदबाट कानुन बनाएर तुरुन्त लागु गर्दा नेपालीको तीव्र आर्थिक प्रगतिको लागि धेरै राम्रो हुन्छ’, उनले तर्क दिँदै भनेका छन्। 

यस कुरालाई जति छिटो लागु गर्न सक्यो, देशको आर्थिक भार पनि  त्यति छिटो कम हुने उनको भनाइ छ।

गुरुङका अनुसार काम गरेको घण्टाको आधारमा तलब कायम गर्ने प्रणाली देशका लागि उचित हुन्छ।

यदि यो व्यवस्था लागु हुन सकेमा छुट्टीको तलब नदिने, बैठक भत्ता नलिने/ नदिने, हाजिर गरेर टाप कस्ने (हाटा) कर्मचारीको ग्रेडिङमा नम्बर नदिने, अनावश्यक लत्ताकपडा भत्ता, घर भाडा र सुविधा नदिने, उपदान पनि नदिने र सञ्चय कोषमा जम्मा भएको सम्बन्धित कर्मचारीको कोषमा सरकारले त्यति नै शोधभर्ना गरिदिन सके आर्थिक भार आधा कम हुने आँकलन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .