ad ad

राजनीति


नेम्वाङ परिवारलाई समवेदना दिँदै सभामुखले शोक पुस्तिकामा लेखे– अधुरो योजना साकार गर्ने प्रेरणा प्राप्त होस्

नेम्वाङ परिवारलाई समवेदना दिँदै सभामुखले शोक पुस्तिकामा लेखे– अधुरो योजना साकार गर्ने प्रेरणा प्राप्त होस्

नेपालखबर
भदौ ३०, २०८० शनिबार १८:५४, काठमाडौँ

सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्। 

घिमिरेले शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन्। उनले नेम्वाङका पुत्रद्वय मिङ्सो र सुहाङलाई भेटेर समवेदना प्रकट गरेका हुन्। 

सभामुखले नेम्वाङका परिवारजनलाई आफ्नो र प्रतिनिधि सभाको तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गरे।

संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो।

सभामुखले नेम्वाङको तस्बिरमा माल्यार्पण गरेपछि त्यहाँ राखिएको शोक पुस्तिकामा लेखेका छन, ‘आदरणीय नेता, हामी सबैको प्रेरणा र आदर्श व्यक्तित्व, मेरो लामो समयदेखिको सहयात्री, इलामको उज्ज्वल तारा तपाईंको अधुरो योजनामा सबैले हिँडेर साकार गर्ने प्रेरणा प्राप्त होस् भन्दै तपाईंप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .