ad ad

राजनीति


शान्ति प्रक्रिया सफल भइसक्यो, घोषणा गर्न मात्र बाँकी : अग्नि सापकोटा

शान्ति प्रक्रिया सफल भइसक्यो, घोषणा गर्न मात्र बाँकी : अग्नि सापकोटा

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०८० शनिबार १३:५६, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नेपालमा शान्ति प्रक्रिया सफल भइसकेको दाबी गरेका छन्। 

शनिबार पार्टीले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता सापकोटाले शान्ति प्रक्रिया सुरु भएयता चारपटक निर्वाचन भइसकेको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुगेको घोषणा गर्न मात्र बाँकी रहेको बताएका हुन्।  

‘शान्ति प्रक्रिया नेपालको मौलिक हो, शान्ति प्रक्रिया सफल भइसक्यो, शान्ति प्रक्रिया सुरु भएपछि चारवटा निर्वाचन भइसक्यो, सेना समायोजन र अरू धेरै काम भइसके, अब निष्कर्षमा पुर्‍याउन र घोषणा गर्न बाँकी मात्र हो।’

तर यसलाई टुंगोमा पुर्‍याउन नदिन विभिन्न खेल भइरहेको आरोप उनले लगाए। 

अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको सभामा प्रधानमन्त्रीसमेत रहेका आफ्ना अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सम्बन्धमा अपिल गर्ने जानकारी दिए।  

‘शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन राष्ट्रिय वातावरण नै अनुकूल बनाउनुपर्छ, तर अन्तर्राष्ट्रिय भूमिका पनि महत्त्वपूर्ण हुन्छ। यसमा विषयमा हाम्रो विशेषतासहितको मौलिक शान्ति प्रक्रिया टुंगोमा पुग्यो भनेर अध्यक्षज्यूले संयुक्त राष्ट्रसंघमा अपिल गर्नुहुनेछ।’शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन भइसकेको छ भने अब टुंगो लाग्न बाँकी संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मात्रै छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .