राजनीति


सुवास नेम्वाङको पार्थिव शरीर च्यासलमा, दिनभर श्रद्धाञ्जलीका लागि राखिने

सुवास नेम्वाङको पार्थिव शरीर च्यासलमा, दिनभर श्रद्धाञ्जलीका लागि राखिने

सुवास नेम्वाङको पार्थिव शरीर च्यासलमा पुर्‍याइएको छ। तस्बिर : सरोज नेपाल


सरोज नेपाल
भदौ २६, २०८० मंगलबार १२:२६, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव त्रिवि शिक्षण अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासल पुर्‍याइएको छ।

संविधानसभाका अध्यक्ष नेम्वाङको शव नेपाली सेनाको गाडीमा राखेर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्याल च्यासलमा पुर्‍याइएको हो।

त्यहाँ उनको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि राखिने छ। 

उनका दुवै छोरा अस्ट्रेलिया र बेलायतबाट आएपछि मुन्धुमी विधिअनुसार उनको अन्तिम संस्कार गरिनेछ।

त्यसैगरी नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि चीनबाट फर्किँदैछन्। उनीहरु सबै आइसकेपछि अन्तिम संस्कार गरिने तयारी एमालेले गरेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .