ad ad

राजनीति


प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्षसहितका नेता शिक्षण अस्पतालमा

प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्षसहितका नेता शिक्षण अस्पतालमा

नेपालखबर
भदौ २६, २०८० मंगलबार ५:४२, काठमाडौँ

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्मबाङको निधन भएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेता त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।

प्रधानमन्त्री प्रचण्डसँगै एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वमन्त्री लालबाबु पण्डित लगायत धेरै एमाले नेताहरु अहिले शिक्षण अस्पतालमै छन्।

हृदयघातका कारण मंगलबार राति करिब २ बजे उनको निधन भएको हो। बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। 

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन्। नेम्वाङ संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख समेत हुन्।

नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

नेम्वाङ इलामबाट पाँच पटक सांसद विजयी भएका थिए। 

२०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका नेम्वाङ २०६३ सालमा पहिलोपटक सभामुख बनेका थिए। नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख  थिए।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङ पटकपटक मन्त्री पनि बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .