ad ad

राजनीति


गुटबन्दी रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्नेछ, त्यो रोक्ने क्षमता मसँग मात्रै छ- शशांक

गुटबन्दी रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्नेछ, त्यो रोक्ने क्षमता मसँग मात्रै छ- शशांक

नेपालखबर
भदौ २४, २०८० आइतबार ११:२९, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गुटबन्दी नरोकिए पार्टीमा अझै ठूलो समस्या आउने चेतावनी दिएका छन्। 

रामेछापमा नेपाल प्रेस युनियन जिल्ला शाखाले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका पूर्वमहामन्त्री डा. कोइरालाले पार्टीभित्र गुटबन्दी मौलाउँदै गएको टिप्पणी गरेका हुन्। 

‘नेपाली कांग्रेसमा चरम गुटबन्दी भएका कारण समस्या भएको छ’, उनले भने, ‘गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्नेछ।’ 

यस्तै उनले कांग्रेसमा गुटबन्दी रोक्ने तागत आफूसँग मात्र भएको दाबी पनि गरे। 

‘कांग्रेसको गुटबन्दी रोक्न सक्ने सामर्थ्य मैले मात्र राख्छु’, उनले भने। 

वर्षायाम सकिएलगत्तै पार्टीका लागि आफू देश दौडाहमा निस्किने जानकारी पनि उनले दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .