राजनीति


धरान उपमहानगरपालिका ६ का वडाअध्यक्ष भट्टराई राप्रपामा प्रवेश गरे

धरान उपमहानगरपालिका ६ का वडाअध्यक्ष भट्टराई राप्रपामा प्रवेश गरे

नेपालखबर
भदौ २१, २०८० बिहिबार ११:५७, काठमाडौँ

धरान उपमहानगरपालिका वडा नं. ६का वडाअध्यक्ष भूपेन्द्र भट्टराई बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्।

उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले धरानमा पुगेर पार्टीमा स्वागत गरेका हुन्। 

भट्टराई बिहीबारदेखि औपचारिक रूपमै राप्रपामा प्रवेश गरेको जानकारी लिङ्देनले दिएका छन्। 

२०७८ मा भएको स्थानीय तह निर्वाचनमा धरान वडा नम्बर ६ मा भट्टराई स्वतन्त्रतर्फबाट विजयी भएका थिए। 

भट्टराईले १ हजार ८ सय २० मत प्राप्त गरेर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि राईले १ हजार ३ सय २८ मत ल्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .