राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिरमा पूजा एवं दर्शन गरेका छन्। श्रीकृष्ण जन्माष्टमीका अवसरमा बुधबार कृष्ण मन्दिर गई उनले श्रीकृष्णको पूजा एवं दर्शन गरेका हुन्।
प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ।
सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवम् प्रसाद ग्रहण गरे।
राष्ट्रपति पौडेललाई ललितपुर क्षेत्र नम्बर १ का सांसद उदयशम्सेर राणा, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए।
15
Shares
प्रतिक्रिया