ad ad

राजनीति


कोशी प्रदेश सरकारविरुद्धको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा

कोशी प्रदेश सरकारविरुद्धको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८० सोमबार १८:५७, काठमाडौँ

कोशी प्रदेश सरकार गठनविरुद्ध परेको मुद्दाको सुनुवाइ सोमबार सर्वोच्च अदालतको पूर्ण इजलासमा भएको छ। 

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङविरुद्धको रिटबारे सुनुवाइ भएकव हो।

पूर्ण इजलासमा सोमबारदेखि बहस अघि बढे पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। अब यो रिटमा मंगलबार पनि निरन्तर बहस हुनेछ।

यसअघि आइतबार यो रिटलाई कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो। त्यही अनुसार सोमबार पूर्ण इजलासमा बहस अघि बढेको हो।

न्यायाधीश प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले आइतबार उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय दिएकी थियो। 

कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले ४ भदौमा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ६ भदौ सर्वोच्चमा रिट दायर गरेका थिए।

आइतबार न्यायाधीशद्वय मल्ल र माथेमाले यो रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गर्दै निवेदनको विषय वस्तु गम्भीर भएको ठहर पनि गरेका थिए।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका सांसद इस्माइल मन्सुरले पनि मत दिएका थिए।

यसविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका हुन्। उनले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .