ad ad

राजनीति


एमालेको नेतृत्वमा ओलीको विकल्प छैन : विष्णु पौडेल

एमालेको नेतृत्वमा ओलीको विकल्प छैन : विष्णु पौडेल

नेपालखबर
भदौ १६, २०८० शनिबार १६:४६, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको दाबी गरेका छन्। लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले नेतृत्वको बारेमा भएका हल्लाहरु मिथ्या भएको बताए। 

‘नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ,’ पौडेलले भने।

साथै, उनले ओलीको अगुवाइमा विचार, संगठन, उद्देश्य र आदर्शका हिसाबले एकतावद्ध भएर लाग्न आफूहरु तयार भएको पनि बताए। 

‘आज केपी ओलीको विकल्पमा एमालेभित्र चर्चा चल्या छ कि भनेर चर्चा हुने गर्छन। त्यो मिथ्या चर्चा हो। त्यसमा कुनै आधार छैन। हामी अध्यक्ष केपी ओलीको अगुवाइमा विचार, संगठन, उद्देश्य र आदर्शनका हिसाबले एकतावद्ध भएर अघि बढेका छौं,’ उनले भने।

पार्टीको एकतालाई कमजोर पार्ने कोसिस कसैले गर्न नहुने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .