राजनीति


३ वर्षपछि भात खानकै लागि चन्दा नउठाउने विप्लवको घोषणा

३ वर्षपछि भात खानकै लागि चन्दा नउठाउने विप्लवको घोषणा

नेपालखबर
भदौ १५, २०८० शुक्रबार २१:४७, पोखरा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विप्लवले नेपालका राजनीतिक पार्टीहरु आर्थिक दृष्टिकोण बनाउन चुकेको जिकिर गरेका छन्। उनले स्वतन्त्रता र समानता चाहियो भन्ने भाष्यमा रस नहुनुमा आर्थिक मुद्दा नजोडिनु नै रहेको जिकिर गरे। 

पोखरा उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको अन्तरक्रियाा बोल्दै उनले पार्टीका नेताहरु घुम्दै गएर भ्रष्टाचारा किन मुछिए र गोलीको ताँतीमा हिँडेको मान्छे तस्करीमा लाग्ने अवस्था किन भयो भन्ने प्रश्नको उत्तर खोजिनुपर्ने धारणा पनि राखे।

आफैंले उत्तर दिँदै उनले  उत्पादनसँग नजोडिनु र बिटाका बिटा पैसा दिन खोज्ने व्यवसायीका कारण यो स्थिति आएको बताए। 

‘यहाँ व्यवसायीहरुमा पनि खुवाउने र सिध्याउने भन्ने छ, मन्त्रीलाई भेटेर बिटाका बिटा दिने गरेकै हो, हिजो म माओवादीमा हुँदा पनि तपाईं (व्यापारी)हरुले दिएकै हो त,’ उनले भने, ‘तपाईंहरुको व्यक्तिलाई दिन चाहनुहुन्छ,हामीले त्यो बेला अलिकता संस्थागत (चन्दा) गरौं भन्ने चाहेको हो।’

उनले व्यक्तिलाई दिएको चन्दा पारदर्शी नहुने र पार्टीसम्म नआइपुग्ने संकेत पनि गरे। 

कृषि र औद्योगिक अर्थतन्त्रलाई सँगै लैजाने पार्टीको नीति भएको बताउँदै उनले आउँदो तीन वर्षपछि नेकपाले खानकै लागि कसैसँग चन्दा नमाग्ने उद्घोष पनि गरे।

उनले अहिलेदेखि नै पार्टीका कार्यकर्तालाई उत्पादनसँग जोडिएको पनि बताए। जग्गा भाडामा लिएर सामूहिक खेती गरिएको र आउँदा दिनमा यस्तो क्रियाकलापलाई बढावा दिने उनको भनाइ थियो। 

‘तीन वर्षमा पार्टीलाई चन्दा माग्न बन्द गर्छौं, यो राजनीतिको दुरुपयोग हो। भातको लागि चन्दा हुँदैन। घर–व्यवहार  चलाउन चन्दा उठाउने प्रवृत्ति रोक्न चाहन्छौं,’ उनले भने।

ठूलो क्रान्त्रि गर्नुपरेमा भने परिस्थिति फरक हुने उनको भनाइ थियो। 

अर्को प्रसंगमा उनले मन्त्री खानको लागि समाजवादी मोर्चामा उभिएको भनाइको खण्डन गरे। चाहेको भए माओवादी एक हुँदा नै हाल नेकपामा रहेका नेताहरु मन्त्री बन्ने अवस्था रहेको बताउँदै उनले भने,‘हामी जत्तिकालाई मन्त्री पद इजी थियो, मन्त्री हुन चाहेको भए जहिले पनि छ, हिजो केपी ओलीसँग तीन बुँदे सहमति गर्दा पनि थियो, बाबुराम (भट्टराई) प्रधानमन्त्री हुँदा झन थियो, त्यो (बाबुरामलाई प्रधानमन्त्री) हामीले नै बनाएको हो। धोवीघाट थियो नि। हामीसँग १०६ जना केन्द्रीय सदस्य हुनुहुन्थ्यो। त्यहाँ हाम्रो भागमा ५÷६ मन्त्री पथ्र्यो।’

यद्यपि उनले मन्त्री र प्रधानमन्त्रीको चाहना राखेको भने लुकाएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .