नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न १५ वटा विभागहरूको प्रमुख मनोनयन गरेका छन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई मनोनयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
जस अनुसार पोखरेल प्रदेश समन्वय विभागमा कृष्णचन्द्र नेपालीलाई मनोनयन गरिएको छ। त्यस्तै, महिला विभागमा पुष्पा भुसाललाई मनोनयन गरिएको छ।
उद्योग तथा व्यापार विभागमा चिनकाजी श्रेष्ठ मनोनीत भएका छन्।
यी हुन् मनोनीत भएका १५ विभाग र सदस्यहरूः
१ कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभाग
३ चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार विभाग
४ किरण यादव तराई—मधेश समन्वय विभाग
५ योगेन्द्र चौधरी थारु विभाग
६ गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय विभाग
७ आङ्गेलु शेर्पा पर्यटन विभाग
८ डा. रणबहादुर रावल गैर सरकारी संस्था समन्वय विभाग
९ दिलमान पाख्रिन आदिवासी जनजाति विभाग
१० प्रकाश रसाईली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
११ रंगमती शाही पिछडिएको क्षेत्र विभाग
१२ गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग
१३ नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग
१४ मदनकृष्ण श्रेष्ठ अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग
१५ सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग
63
Shares

प्रतिक्रिया