ad ad

राजनीति


गौर हत्याकाण्ड प्रभु साहको उक्सावटमा भएको हो : प्रदीप यादव

गौर हत्याकाण्ड प्रभु साहको उक्सावटमा भएको हो : प्रदीप यादव

नेपालखबर
भदौ १२, २०८० मंगलबार १७:१७, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरुमाथि ढुंगा नहान्न चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदै उनले प्रभु साहले आफू सिसाको घरमा बसेर अरुमाथि ढुंगा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन्। 

उनले गौर हत्याकाण्ड प्रभु साहकै उक्सावटमा भएको पनि बताए। त्यस्तै वीरगञ्जको कासि तिवारीको हत्या मुद्दापनि प्रभु साहमाथि रहेको भन्दै उनले सो मुद्दाको पनि प्रक्रिया अगाडी बढ्नुपर्ने बताए।

‘जसको घर सिसाको हुन्छ। अरुमाथि ढुंगा चलाउन कोशिस नगरे हुन्छ। प्रभु साह आफैँको धेरै मुद्दाहरू छन्। वीरगञ्जमा कासि तिवारीको जुन हत्या भएको थियो उहाँमाथि त्यो मुद्दा अहिले पनि विचाराधीन छ। अदालतमा छ। सुरक्षित छ,’ उनले भने, ‘राज्यले त्यो पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ। गौर हत्याकाण्ड दुःखदायी घटना भयो। त्यो बेलाको इन्चार्ज प्रभु साह नै हुनुहुन्थ्यो। उहाँको उक्सावटमा यो घटना भएको हो। त्यो बेलाको आयोगहरू बनेको थियो। त्यो आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपरो सरकारले। आयोगको प्रतिवेदनले दोषि देखाए स्वीकार्छौं।’

उनले गौर हत्याकाण्डको छानबिन गर्न बनेको तत्कालिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .