ad ad

राजनीति


एमसीसी सम्झौता एकचोटी पढ्नुस्, सही/गलत आफैँ छुट्टिन्छः रावल

एमसीसी सम्झौता एकचोटी पढ्नुस्, सही/गलत आफैँ छुट्टिन्छः रावल

नेपालखबर
माघ ८, २०७६ बुधबार १५:४१,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गरे घातक हुने बताएका छन्।

जिल्लाको दिपायल सिलगढी नगरपालिकाले आज जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रावलले एमसीसी पास गरेको खण्डमा देशलाई नै घाटा हुने बताए। उनले भने, ‘एमसीसीको सम्झौतापत्रमा उल्लेख भएका कुरा नपढी कयौँ नेताजीहरुले पास गरौँ भन्दैछन्, एक चोटी सम्झौता पढ्नुस् सही÷गलत आफैँ छुट्टिने छ।’

राष्ट्र र राष्ट्रियताको हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रियरूपमा चर्चाको विषयसमेत बनेकाले एमसीसीलाई कुनै पनि हालतमा पास गर्न नहुने उनको तर्क छ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिमको पर्यटन विकासका लागि प्रदेश मन्त्रालय सदैव अग्रसर रहेको बताइन्। उनले भनिन्, ‘सुदूरपश्चिममा रहेका कला, संस्कृति, विभिन्न पर्यटन तथा धार्मिकस्थलको विकास र प्रचारप्रसारका लागि प्रदेश मन्त्रालय लागिपरेको छ, हामीसँग अथाह पर्यटन क्षेत्र छन्, सबैले त्यसको प्रचार गर्न जरुरी छ।’

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले डोटीको पर्यटन क्षेत्रको विकासका लागि नगरपालिकाले विशेष योजना बनाएर अगाडि बढिरहेको बताइन्। उनले भनिन्, ‘हामी पर्यटन क्षेत्रको विकासका लागि अहोरात्र खटिएका छौँ, यहाँका पर्यटकीय क्षेत्रको बारेमा देश विदेशमा चिनाउने छौँ।’ उक्त कार्यक्रममा जिल्लाभरि रहेका पुराना कला, संस्कृति झल्किने खालका डेउडा, हुड्के, छलिया, गमरा, भुवाँलगायतका कला संस्कृति प्रस्तुत गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .