राजनीति


मलाई पानी ट्यांकीमा पैसा राख्यो भनियो, अनैतिक काम गरेको छैन : ईश्वर पोखरेल (भिडिओ)

मलाई पानी ट्यांकीमा पैसा राख्यो भनियो, अनैतिक काम गरेको छैन : ईश्वर पोखरेल (भिडिओ)

नेपालखबर
भदौ ११, २०८० सोमबार १९:९, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले राज्यलाई नोक्सान हुनेगरी कुनै अनैतिक काम नगरेको दाबी गरेका छन्। 

राजधानीमा आयोजित जनप्रतिनिधिसँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले अहिले समाजमा अराजकताको स्थिति बढ्दै गएको टिप्पणी गरे। 

‘अहिले गिरिबन्धु टी स्टेटको कुरा उठाउँदैछ। हाम्रो बारेमा अनेक खालको कुरा उठाइँदैछ। तपाईंहरुले सुन्नुभएको होला, मेरै बारेमा कति कुरा उठ्याछन्। पानी ट्यांकीमा पैसा राख्यो, हैन त? पानी ट्यांकीमा पैसा राख्यो,’ पोखरेलले अघि भने, ‘ओम्नी। यो निर्वाचनमा कुरा उठ्यो, गोकर्ण रिसोर्ट अनेक खालका कुरा छन्।’

पशुपतिको जलहरीको विषयमा पनि अध्यक्ष केपी शर्मा ओलीलाई बहुलठ्ठीपूर्ण ढंगबाट आरोप लगाइएको उनले बताए। 

‘अहिले त्यसैपनि सामाजिक अराजकताको एउटा स्थिति छ। जसलाई जे मन लागेपनि भन्दिने। हाम्रो पार्टी अध्यक्षलाई पशुपतिको सुनको जलहरी पित्तलको हो भनिदिएर भन्यो। हाम्रा मान्छेहरु कतिपय ठाउँमा थरर हुनुभयो। अनि हामीमाथि अनेकन बात लगाउने काम भयो,’ पोखरेलले भने, ‘त्यो जोख्दा समेत तलमाथि भएन। बहुलठ्ठीपूर्ण ढंगले कुरा उठाउने कुनै एउटा पार्टीको सांसद बनेको छ, त्यो निर्लज्ज सांसदले त्यसप्रति क्षमायाचना गरेन।’

उनले एमाले नेताहरुले कुनै पनि काम कानुनविपरित नगरेको ठोकुवा गर्दै यदी त्यस्तो देखिए सजाय भोग्न तयार रहेको पनि बताए। 

‘हामी दृडतापूर्वक उभिएर के भन्छौं भने हामीले कुनैपनि चिज कानुनविपरित, राज्यलाई नोक्सान हुने किसिमले अनैतिक ढंगले गरेका छौं भने सजाय भोग्न तयार छौं,’ पोखरेलले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad