राजनीति


इन्जिनियरिङ कलेजमा शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थी नेता पाँच दिनदेखि आमरण अनशनमा

इन्जिनियरिङ कलेजमा शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थी नेता पाँच दिनदेखि आमरण अनशनमा

नेपालखबर
भदौ १०, २०८० आइतबार १४:४९, काठमाडौँ

इन्जिनियरिङ अध्ययन संस्थानले गरेको अस्वभाविक शुल्क वृद्धिको विरोधमा पुल्चोकमा पाँच दिनदेखि आमरण अनशन जारी छ।

नेपाल विद्यार्थी सङघ (नेविसंघ) पुल्चोक एकाइ सभापति सुलभ चौलागाई पाँच दिनदेखि आमरण अनशनमा बसेका छन्।। आमरण अनसनको पाँचौँं दिन नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पुल्चोक पुगेर अनशनरत चौलागाईंको अवस्था र मागका बारेमा जानकारी लिएका छन्।

अनशनरत चौलागाईंको अवस्थाको जानकारी लिएपश्चात कांग्रेस नेता केसीले नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले पनि यस विषयमा गम्भीरताका साथ चासो दिनुपर्ने बताए।
‘विद्यार्थीको मागका विषयमा सम्बन्धित पक्षले ध्यान दिनुआवश्यक छ, विद्यार्थीलाई अनशनमा राखेर इन्जिनियरिङ अध्ययन संस्थानका जिम्मेवार व्यक्ति आनन्दसँग निदाउन मिल्दैन, यो विषयको समाधानका लागि नेविसङ्घ केन्द्रीय समितिले पनि गम्भीरताका साथ चासो लिनु आवश्यक छ’, उनले भने।

इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरेको जानकारी गत साउन ११ गते विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशति भएपछि मात्रै जानकारी पाएको नेविसङ्घ लगायतका विद्यार्थी सङ्गठनको भनाइ छ। शुल्क वृद्धिको विरोधमा स्वतन्त्र विद्याथी युनियन, नेविसंघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले यही भदौ ६ गते सार्वजनिक विज्ञप्तिसमेत जारी गरेका थिए । संस्थानले आर्थिक वर्ष २०८०/८१ देखि लागू हुनेगरी गरी रु तीन लाख १८ हजारबाट रु सात लाख ७५ हजार चार सय २० पुर्याएको हो।

आमरण अनशनस्थलमा भेटिएका पुल्चोक क्याम्पस नेविसंका निवर्तमान एकाइ सभापति रमेश केसीले भने, ‘यो अवैज्ञानिक र अस्वभाविक शुल्क वृद्धिले एउटा ठूलो वर्गको इन्जिनियरिङ अध्ययन गर्ने सपना नै तोडिदिएको छ।’ आमरण अनशन सुरु भएदेखि आजसम्म एक सयभन्दा बढी नेविसङ्घका केन्द्रीय सदस्यले उपस्थित भएर साथ दिएको अनशनस्थलमा भेटिएका पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका नेविसंघ सभापति प्रदीप पनेरुले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad