ग्लोबल


जिम्बाबेको राष्ट्रपतिमा पुनः एमर्सन मनाङ्गाग्वा निर्वाचित

जिम्बाबेको राष्ट्रपतिमा पुनः एमर्सन मनाङ्गाग्वा निर्वाचित

नेपालखबर
भदौ १०, २०८० आइतबार १४:५०, काठमाडौँ

जिम्बाबेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

कुल मतको ५२.६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकाल (५ वर्ष)का लागि पुनः निर्वाचित भएका जिम्बाबे निर्वाचन आयोग (जेडइसी) ले शनिवार घोषणा गरेको हो। जेडइसी अध्यक्ष प्रिसिला चिगुम्बाले अगस्ट २३—२४ को चुनावमा मनाङ्गाग्वाले अन्य १० जना राष्ट्रपतिका प्रतिद्वन्दीलाई पराजित गरेको बताए।

उनले भने, ‘अब म जिम्बाबे निर्वाचन आयोगको अध्यक्ष प्रिस्किला मकान्यारा चिगुम्बा, धारा ११० को उपदफा ३ को शर्तमा यो घोषणा गर्दछु की ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोले २३ लाख ५० हजार ७११ मत प्राप्त गर्नुभएको छ। जुन राष्ट्रपतिमा खसेको वैध मतको आधा भन्दा बढी हो। त्यसैले ज्यानु पिएफ पार्टीका मनाङ्गाग्वा एमर्सन दम्बुड्जोलाई अगस्ट २६, २०२३ देखि लागू हुनेगरी जिम्बाबे गणतन्त्रको विधिवत राष्ट्रपति घोषित गरिएको छ।’

मनाङ्गाग्वाका प्रमुख प्रतिष्पर्धी र विपक्षी सिटिजन्स फर कोएलिशन चेन्ज (सीसीसी) का नेता नेल्सन चामिसाले वैध मतको ४४ प्रतिशत मत प्राप्त गर्नुभएको चिगुम्बाले बताए। जिम्बाबेको कानूनअनुसार राष्ट्रपति हुनका लागि कुल वैध मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ।

जिम्बाबेका जनताले बुधवार र बिहीवार नयाँ राष्ट्रपति, संसदका सदस्य र स्थानीय सरकारका प्रतिनिधि छान्न मतदान गरेका थिए। जेडइसीका अनुसार मनाङ्गाग्वाको सत्तारुढ जानुपीएफ पार्टीले संसदीय सिटको बहुमत हासिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad